इटालीमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उदघाटन सम्पन्नः

Published On: Tuesday, February 18, 2020 | Source: NRNA ITALY
सन् २०२०/१८/०२ मंगलबारका दिन इटालीको शहर मिलान स्थित प्रख्यात पर्यटकीय क्षेत्र Duomo को Terrazza Martini मा नेपाली वाणिज्य दूतावास इटाली, नेपाली राजदूतावास स्विटजरल्याण्डको आयोजना, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इटाली को व्यवस्थापन र इटालीमा रहेका विभिन्न संघ-संस्थाहरुको सहभागितामा एक औपचारिक कार्यक्रमका साथ नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उदघाटन कार्यक्रम सम्पन्न भयो ।
यस कार्यक्रममा ठूलो संख्यामा स्थानीय इटालियनहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालको प्रसिद्ध हिमालयहरु, प्राकृतिक सौन्दर्यता, जैविक विविधता, जातीय, भाषिक मौलिकता र साँस्कृतिक सम्पदाको जानकारीका साथै विभिन्न नेपाली मौलिक नाचहरु प्रदर्शन गरिएको थियो । साथै त्यहाँका बासिन्दाहरुको ध्यान कन्द्रित गर्न 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचारात्मक सामग्री वितरण गरिएको थियो। 
             
स्विटजरल्याण्डका लागि नेपाली राजदूत महामहिम मणिप्रसाद भट्टराईज्युले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उदघाटन गर्नु भयो । कार्यक्रम साँझ ७:३० बजे शुरू भएर साझ ११:०० बजे सम्पन्न भएको थियो। कार्यक्रममा इटालीका लागि वाणिज्य दूत पाओलोनुगारी तथा एनआरएनए इटालीका अध्यक्ष देव राज गुरुङज्यूले मन्तब्य राख्नु भएको थियो । यसरी नै इटालीको पत्रकार, लेखक, फोटोग्राफर, फिल्म निर्माता स्तेफानो अर्दितो, पर्वतारोही, अल्पाइन अन्तर्राष्ट्रिय गाइड, अन्वेषक मार्को कोंफोर्तोला, मेरिडियानी पत्रिका निर्देशक मार्को कासारेतो जसले नेपालको विशेष अंक प्रस्तुत गरेका थिए । फोटोग्राफर तथा फोटोरिपोर्टर रुनो ज़न्जोतेर्रा को उपस्थिति र प्रस्तुतिले  इटालियन नागरिकहरुलाई आकर्षित गरेको थियो ।               
 
कार्यक्रमको अन्त्यमा महामहिम राजदूत मणिप्रसाद भट्टराईले आफ्नो मन्त्यब्य संगै कार्यक्रम सभ्य र भव्य बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलाई विषेश धन्यवाद दिनुभएको थियो।
 
एनसिसि इटाली